PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

२१ वर्षपछि मेट गालामा हिलारी क्लिन्टन, यस्तो देखियो सेलिब्रेटीको ‘शो अफ’

२१ वर्षपछि मेट गालामा हिलारी क्लिन्टन, यस्तो देखियो सेलिब्रेटीको ‘शो अफ’

पहिलोपोस्ट /पहिलोपोस्ट


सोमबार राति अमेरिकाको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा सेलिब्रेटीहरुको घुइँचो लाग्यो। मेट गाला २०२२ मा सहभागी हुन संगीत, फेसन, खेल र फिल्म क्षेत्रका सेलिब्रेटीहरु पुगेका थिए।

दुई वर्षपछि ‘फन्ड रेजर’का लागि आयोजित यो कार्यक्रम पुरानै शैलीमा फर्किएको हो। दुई वर्षसम्म उक्त कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको थियो।

मेट गालामा सेलिब्रेटीहरु आफ्नो पहिरनका कारण चर्चामा आउने गर्छन्। यो वर्षको ड्रेस कोड ‘गिल्डेड ग्ल्यामर’ थियो। अमेरिकामा १९ औं शताब्दीमा भएको आर्थिक प्रगतिको ‘थिम’मा उक्त ‘ड्रेस कोड’ राखिएको थियो।  

उक्त कार्यक्रममा सहभागी हुन चाहनेहरुले ३ लाख डलरसम्ममा टेबल बुक गराएका थिए। कार्यक्रममा २१ वर्ष पछि हिलारी क्लिन्टन पनि पुगेकी थिइन्। उनको ड्रेस कोडबारेमा अहिले निकै चर्चा भइरहेको छ।

सबै तस्विर : Getty Images / Reuters



ट्रेन्डिङ पोस्ट

Ncell