PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जो बाइडेनले गरे 'इस्लामोफोबिया'को विरोध



पहिलोपोस्ट

जो बाइडेनले गरे 'इस्लामोफोबिया'को विरोध
Photo: The White House

अमेरिकी राष्ट्रपति जो बाइडेनले मुस्लिम समुदायलाई विश्वभर निशाना बनाइएको बताएका छन्। इदुल फित्रको अवसरमा उनले मुस्लिममाथि विश्वभर हिंसा भइरहेको बताएका हुन्।

ह्वाइट हाउसमा इद मनाउने परम्पराको पुन: सुरुवात गर्दै उनले भने, ‘ अहिले विश्वभर मुसलमानविरुद्ध हिंसा भइरहेको छ। कसैलाई पनि उसको धर्मको कारणले भेदभाव या अत्याचार गर्न हुँदैन।’

उनले मुसलमान नागरिकहरुले अमेरिकालाई बलियो बनाउन भूमिका खेलेको उल्लेख गर्दै इमलामोफोबियाका कारण उनीहरुले हिसांको सामना गर्नु परेको बताएका हुन्।

बिल क्लिनटनले ह्वाइट हाउसमा इद मनाउने परम्परा सुरु गरेका थिए। डोनाल्ड ट्रम्पको कार्यकालमा भने उक्त परम्परा तोडिएकोमा बाइडेनले फेरि सुरुवात गरेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell