
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँ महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्याएको बताएका छन्।
महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएकोमा लक्षित गर्दै उनले भने, ‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्याउनु भएको छ,’ पौडेलले सामाजिक सञ्जाल लेखेका छन्।
उनले साम्प्रदायिक घृणा र ध्रुवीकरणको खेल एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिल्यै खेलेको उनको आरोप छ। पौडेलले महिलामाथि सार्वजनिक मञ्चमै हिंसा भइरहेको समेत बताएका छन्।
पौडेलले ओलीबाटै स्थापितले गफ गर्न सिकेको बताए।
भने, ‘हावा गफ त ओलीजी बाटै टन्न अघाउने गरि सुनिसकेका छौं,’ उनले भनेका छन्, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर : एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’