PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

गत वर्ष कुन प्रदेशमा कतिवटा प्रेस स्वतन्त्रता हननका घटना भए ?



पहिलोपोस्ट

गत वर्ष कुन प्रदेशमा कतिवटा प्रेस स्वतन्त्रता हननका घटना भए ?

काठमाडौं : बितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएको नेपाल पत्रकार महासंघ संचार अनुगमन इकाइले जनाएको छ। यस्तै, पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन्।

प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना वाग्मती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। प्रदेश नम्बर १ र मधेश प्रदेशमा ६-६ वटा हननका घटना भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २-२ वटा घटना भएका छन्। सुदूरपश्चिम प्रदेशमा भने यो पटक हननका घटना भएको पाइएको छैन।

प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुँदा २७२ संचारकर्मी, ९ सञ्चारगृह र ३३ महिला पीडित भएको पोखरेलले बताए।

महासंघको अभिलेखअनुसार यो वर्ष तीन पत्रकार गिरफ्तारीमा परेका छन् भने आक्रमण, दुर्व्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन्। त्यस्तै पेशागत असुरक्षाको पीडा ३१ पत्रकारले खेप्दैछन्।

उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको महासंघको भनाइ छ।

कानुन बनाएर प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोज्ने काम तीन पटक भएको छ। पत्रकार महासंघले तीन तहका सरकारले निर्माण गर्ने प्रेससँग सम्बन्धित कानून प्रेसमैत्री हुनुपर्ने माग गर्दै आएको छ। भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउनुपर्ने महासंघको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell