PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सगरमाथा चढ्दै राजु लामा, ६६७४ मिटर उचाईमा गरे कन्सर्ट



पहिलोपोस्ट

सगरमाथा चढ्दै राजु लामा, ६६७४ मिटर उचाईमा गरे कन्सर्ट
तस्विर : राजु लामा

गायक राजु लामाले ६ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका हुन्। उनले सगमाथाको क्याम्प २ र ३को मध्यभागमा मंगोलियन हार्ट ब्याण्डका गीतहरू गाएका हुन्। राजुले रिलिज नै नभएको 'हिमालले डाक्यो मलाई' बोलको गीत समेत गाएका थिए।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर राजुले कन्सर्ट गरेका हुन्। यो कन्सर्ट अहिलेसम्मकै सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम रहेको राजुको दाबी छ।

यसअघि बेलायती गायक 'म्यूजिक फर चिल्ड्रेन'को प्रतिनिधित्व गर्दै ओज बेल्डोनले मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्ट गरेका थिए। १६ मे २०१२ मा गरिएको उक्त कन्सर्ट गिनिज विश्व रेकर्डमा समेत उल्लेख छ। 

राजुको दाबी पुष्टि भए अब उनले बेल्डोनको उक्त रेकर्ड तोड्नेछन्। ओजले नै सन् २००५ मा सगरमाथाको कालापत्थरमा कन्सर्ट गरेर विश्व रेकर्ड बनाएका थिए। त्यसको दुई वर्षपछि जर्मनी र बोलिभियाका १० जना संगीतकारले बोलिभियाको माउन्ट अक्टोन्गोमा कन्सर्ट गरेर ओजको रेकर्ड तोडेका थिए। त्यसपछि सन् २०१२ मा ओजले फेरि नयाँ रेकर्ड बनाएका थिए। 

राजु लामा सगरमाथाको आरोहणका लागि त्यहाँ पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell