PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत



पहिलोपोस्ट

एमालेबाट राजीनामा दिएका वामदेव गौतमले माधव नेपालको पार्टीका लागि लेखे गीत

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन्। गौतमले लेखेको गीत कृष्ण केसी र जुना श्रीष मगरले गाएका छन्। 

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका उनी नेकपा एमाले विभाजनका बेलामा भने निस्क्रिय रहे।

सुरुमा नेकपा एकता र पछि एमाले एकता अभियान चलाएका गौतम हाल भने स्वतन्त्र वामपन्थी नेताका रुपमा छन्। यद्यपि, उनले विभाजन अघि भने आफ्नो साथ माधव नेपाललाई भएको बताएका थिए।

हाल भने एकीकृत समाजवादीलाई आफ्नो समर्थन भएको देखाउँदै उनले गीत सार्वजनिक गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell