PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राप्रपाले जितेका पालिकामा विकासको लहर ल्याउँछौँः लिङ्देन



पहिलोपोस्ट

राप्रपाले जितेका पालिकामा विकासको लहर ल्याउँछौँः लिङ्देन

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा आफ्नो दलले जितेका स्थानमा विकासको लहर ल्याउने दाबी गरेका छन्। वीरगंजको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा राप्रपाले जितेको नेपालगञ्जको उदाहरण दिँदै यस्तो बताएका हुन्।

‘सबै पार्टीले हेर्न लायकको स्थानीय तहमा विकास गर्छौँ,’ उनले भने, ‘जहाँ सबै सेवा सुविधा जनताले चाहेको हुनेछ।’

राप्रपाको मुख्य ऐजेन्डा भ्रष्टाचार कम गर्नु रहेको उनले बताए। राप्रपाले जित्ने पालिकामा कक्षा १२ सम्म निःशुल्‍क शिक्षा, प्रत्येक पालिकामा सीपमूलक तालिम सञ्चालन हुने उनले बताए।

कांग्रेस, एमाले, माओवादी, मधेशवादी दललगायतले आचरण सुधार गर्न नसकेकाले चुनावमा दण्डित गर्नुपर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell