PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्री खाणको निर्देशन



पहिलोपोस्ट

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्री खाणको निर्देशन

बुटवलः गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन्। अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमि महत्वपूर्ण रहेको र उनीहरुलाई काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा उनले सुरक्षा व्यवस्था चुस्त बनाउन समेत निर्देशन दिएका छन्। खाणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारी लगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए।

सम्भावित सुरक्षा जोखिम अध्ययन सुरक्षा रणनीति बनाउन पनि उनले निर्देशन दिए।

स्थानीय तह निर्वाचनमा रुपन्देहीमा २०८ मतदानस्थल कायम गरिएका छन्। तीमध्ये ६३ अति संवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ।

रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन्। २०७४ को तुलनामा करिब एक लाख मतदाता थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell