
काठमाडौँः नेपाली कांग्रेसले स्थानीय चुनाव लक्षित दश सभा तय गरेको छ। स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार दश मुख्य शहरहरुमा सभा तय भएका हुन्।
सभालाई पार्टी सभापति तथा अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।
कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि वैशाख २७ गतेसम्म सभा सञ्चालन हुनेछन्। वैशाख २१ गते विराटनगरमा चुनावी सभा हुनेछ। सभालाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रका शर्माले सम्बोधन गर्नेछन्।
यस्तै, वैशाख २२ मा चुनावी सभा चितवनमा हुनेछ। सभालाई सभापति देउवा वरिष्ठ नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्नेछिन्।
वैशाख २३ गते काठमाडौँमा सभा हुनेछ। सभाका मुख्या वक्ता सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतका छन्।
यस्तै वैशाख २४ मा वुटवलमा हुने सभालाई सभापति देउवा, नेता पौडेल महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यतालिका छ। वैशाख २४ गते नै तनहुँको दमौलीमा हुने सभालाई पनि सभापति देउवा, वरिष्ठ नेता पौडेलर पार्टी प्रवक्ता प्रकाशशरण महतले सम्बोधन गर्नेछन्।
वैशाख २४ कै तेस्रो सभा जनकपुरमा हुनेछ। जहाँ सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, र अर्का सहमहामन्त्री महेन्द्र यादवले सम्बोधन गर्नेछन्।
यस्तै, वैशाख २५ गते पोखरामा सभा हुनेछ। जहाँ सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। २५ गते नै दोस्रो सभा हुनेछ। तुलसीपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री किशोरसिंह राठौरले सम्बोधन गर्नेछन्।
वैशाख २६ गते कैलालीमा चुनावी सभा हुनेछ। सभालाई सभापति देउवा नेता पौडेल, सहमहामन्त्री फरमूल्लाह मंसुरले सम्बोधन गर्नेछन्।
वैशाख २७ गते डडेल्धुरामा अन्तिम चुनावी सभा हुनेछ। सभालाई देउवा, पौडेल र सहमहामन्त्री बद्री पाण्डेलगायतले सम्बोधन गर्नेछन्।