PahiloPost

Jul 3, 2024 | २० असार २०८१

लगातार पाँच जितपछि हार्‍यो गुजरात, पञ्जाबको सानदार जित



पहिलोपोस्ट

लगातार पाँच जितपछि हार्‍यो गुजरात, पञ्जाबको सानदार जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्ससँग पराजय ब्यहोरेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा पञ्जाबले शीर्ष स्थानको गुजरातमाथि ८ विकेटको सानदार जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। गुजरातका लागि साइ सुदर्शनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६५ रन बनाउँदा ऋद्धिमान शाहले २१ तथा डेभिड मिलर र राहुल तेवातियाले समान ११ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

गुजरातलाई सामान्य लक्ष्यमा रोक्न पञ्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिँदा अर्सदीप सिंह, ऋषि धवन र लिआम लिभिङस्टोनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। पञ्जाबका लागि शिखर धवनले सर्वाधिक अविजित ६२ रन बनाउँदा भानुका राजापाक्षेले ४० र लिआम लिभिङस्टोनले ३० रनको योगदान दिए।

गुजरातका मोहम्मद शमी र लिआम लिभिङस्टोनले समान १ विकेट लिए।

जितसँगै १० खेलबाट १० अंक जोडेको पञ्जाब तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने हारका बावजुत गुजरात १६ अंक जोडेर शीर्षस्थानमा कायम छ। लगातार पाँचवटा जितपछि गुजारातले पञ्जाबसँग हार ब्यहोरेको हो।

आज हुने खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नइ सुपरकिंग्स भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell