PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लिभरपुलको उत्कृष्ट पुनरागमन जित, भिल्लारियललाई हराउँदै फाइनलमा



पहिलोपोस्ट

लिभरपुलको उत्कृष्ट पुनरागमन जित, भिल्लारियललाई हराउँदै फाइनलमा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई हराएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको खेलमा भिल्ला रियललाई ३-२ गोलअन्तरले हराएसँगै समग्रमा ५-२ गोलअन्तरको जित निकालेर लिभरपुल फाइनल प्रवेश गरेको हो।

सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा एनफिल्डमा भिल्लारियललाई २-० गोलअन्तरले हराएको थियो।

गएराति सम्पन्न दोस्रो लेगको खेलको तेस्रो मिनेटमै बोउलाए डियाको गोलमा भिल्लारियलले अग्रता बनाएको थियो। त्यस्तै ४१ औं मिनेटमा फ्रान्सिस कोक्विलिनले गोल थप्दा पहिलो हाफमा घरेलु टोली दुई गोलले अघि रह्यो।

तर, दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो आफ्नो पक्षमा पार्न सफल भयो। लिभरपुलका लागि ६२ औं मिनेटमा फ्याबिन्होले पहिलो गोल गरेका थिए। त्यस्तै ६७ औं मिनेटमा लुइस डियाज र ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो। खेलको ८५ औं मिनेटमा घरेलु टोलीका इटाइनी कापोउले रेडकार्ड खाँदै बाहिरिँदा भिल्ला रियल १० खेलाडीमा समेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell