PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भएको आशंकामा सुरक्षा व्यवस्था कडा, यात्रु निकालेर 'सर्च' हुँदै



पहिलोपोस्ट

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भएको आशंकामा सुरक्षा व्यवस्था कडा, यात्रु निकालेर 'सर्च' हुँदै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु भएको सुचना आएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विमानस्थलको आन्तरिक उडानका यात्रुहरुलाई बाहिर निकालेर विमानस्थलको 'चेक' गर्ने काम भइरहको छ। अज्ञान व्यक्तिले फोन मार्फत विमानस्थलमा विस्फोटक पदार्थ राखिएको जानकारी दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो।

'अहिलेसम्म केहि भेटिएको छैन। एक व्यक्तिले फोन मार्फत शंकास्पद वस्तु भएको सुचना दिएका हुन्,' त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख भिमप्रसाद ढकालले भने।

विमानस्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ। नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell