PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

इलोन मस्कको संकेत : ट्वीटर प्रयोग अब नि:शुल्क हुनेछैन



पहिलोपोस्ट

इलोन मस्कको संकेत : ट्वीटर प्रयोग अब नि:शुल्क हुनेछैन
Photo : AFP/GETTY IMAGES

माइक्रो-ब्लगिङ साइट ट्‍वीटर अब निःशुल्क रुपमा प्रयोग गर्न नपाउने संकेत इलोन मस्कले दिएका छन्। ट्‍वीटरका मालिक मस्कले बुधबार ट्‍वीट गर्दै व्यवसायिक र सरकारी प्रयोगकर्ताहरुले शुल्क तिरेर मात्रै ट्वीटर चलाउन पाउने बताएका हुन्।

ट्‍वीटर ह्यान्डल व्यक्तिसँगै संघ-संस्था, कार्यालयहरुले पनि प्रयोग गर्छन्। त्यस्ता प्रयोगकर्तालाई अब सितैमा चलाउन नदिने संकेत मस्कले गरेका हुन्। तर, उनले 'क्याजुअल' प्रयोगकर्ताहरुलाई भने निःशुल्क प्रयोग गर्न दिने जनाएका छन्। 

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्‍वीटरको कम्पनी किनेका थिए। ट्वीटर खरिद गरेसँगै उनले वाक स्वतन्त्रतासम्बन्धी ट्‍वीट गरेका थिए। ट्‍वीटरमाथि प्रयोगकर्तालाई पक्षपातपूर्ण व्यवहार गर्दै आएको आरोप लाग्दै आएको छ।  

ट्‍वीटरको व्यवस्थालाई लिएर आक्रामक देखिँदै आएका मस्क नै सञ्चालक भएपछि उनले छिटै नै व्यवस्थापनमा पनि फेरबदल गर्न सक्ने आकलन गरिएको छ। ट्‍वीटरका सीइओ पराग अग्रवाल र पोलिसी प्रमुख विजय गाड्डेलाई हटाउने तयारी गरिरहेको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell