PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ।

पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५०९ पुगेको छ।

मन्त्रालयका अनुसार २ हजार ८०२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो एक दिनमा ३१ जनाको भारतमा संक्रमणका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell