PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

निकुञ्जले नियन्त्रणमा लियो मान्छे खाने बाघ



रासस

निकुञ्जले नियन्त्रणमा लियो मान्छे खाने बाघ
फाइल फोटो।

चितवन : चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनबाट बाघ नियन्त्रणमा लिइएको हो।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यही बैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन।

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो। अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ। बाघको आनीबानी हेरेर केही दिनपछि थप निर्णय गरिने उनले जानकारी दिए।

बाघ राख्न कसरा र सौराहामा खोर छ। कसराका खोरमा दुईवटा बाघ रहेका छन्। एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो।

सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको मृत्यु भएको छ। निकुञ्ज र बन क्षेत्रमा बाघले आक्रमण गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell