PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

असन्तुष्ट समूहले विप्लवलाई गर्‍यो कारवाही : महासचिव पद खोसियो, बस्तोला बने संयोजक



पहिलोपोस्ट

असन्तुष्ट समूहले विप्लवलाई गर्‍यो कारवाही : महासचिव पद खोसियो, बस्तोला बने संयोजक

काठमाडौं : नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा फुट तर्फ अगाडि बढेको छ। महासचिव विप्लवले कारवाही गरि जिम्मेवारीबाट हटाएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला 'कञ्चन' समूहले विप्लवलाई महासचिवबाट हटाएको छ। 

चितवनमा असन्तुष्ट पक्षको भेला सुरु भएको छ। भेलाको सुरुवातमै महासचिव विप्लवलाई पदमुक्त गर्दै बास्तोलालाई संयोजकको जिम्मेवारी दिएको छ। बास्तोलाकै अध्यक्षतामा चितवनमा भेला भइरहेको छ। सो भेलाले पार्टीका सचिवालय सदस्‍यसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई पनि पदमुक्त गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए। 

भेला अगाडि पार्टीका बहुमत केन्द्रीय समितिको बैठक बसेको थियो। सोही बैठकले महासचिव र प्रवक्तालाई पदमुक्त गर्दै बास्तोलालाई संयोजकको जिम्मेवारी दिएको हो। भेलाले केन्द्रीय कमिटीको निर्णयलाई अनुमोदन गरेको लोहनीले जानकारी दिए। 

भेलामा पार्टीका ४० बढी केन्द्रीय कमिटीका सदस्यहरु रहेको उनले दाबी गरे। भेला बिहीवार सकिनेछ। 

गत महिना कपिलवस्तुको शिवगढीमा सम्पन्न १२ औं केन्द्रीय कमिटीको बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गर्ने प्रस्ताव पेश गरेका थिए। बैठकमा बहुमत केन्द्रीय सदस्यले विप्लवको प्रस्तावलाई असफल पारेका थिए। बैठकले मध्यमार्गी रुपमा पार्टी चुनावमा सहभागि नहुने तर, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। 

निर्वाचनमा केन्द्रीय सदस्य देखि संविधानसभा सदस्यसम्म उम्मेदवार बनेका छन्। त्यस्तै विभिन्न स्थानमा विप्लवका कार्यकर्ताहरु माओवादी के‍न्द्रका उम्मेदवार विरुद्ध एमाले र कांग्रेससँग गठबन्धन गरेका छन्। बास्तोलाले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए।

तर, विप्लव समूहले वली र बास्तोलालाई जिम्मेवारीबाट हटाएको थियो। यही समूहको बैठकले विप्लव र प्रकाण्डलाईसमेत कारवाही गरेको हो।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell