PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

म्यादी प्रहरीको पोशाकमा देखिएका भाइरल किशोर, प्रहरीले सोधपुछ गर्दा म्यादी नै नभएको खुल्यो



पहिलोपोस्ट

म्यादी प्रहरीको पोशाकमा देखिएका भाइरल किशोर, प्रहरीले सोधपुछ गर्दा म्यादी नै नभएको खुल्यो

काठमाडौं : 'सागर, बसन्त, किस्‍ने सबैहरु नडरा क्या केटाहरु...। किन डराएको छन् क्या, तेरो दाइ तेरो दाइ मिदी भइसकेको छ नि त।'

म्यादी प्रहरीको पोशाक लगाए सेल्फी मोडको भिडियो खिचेर सोसल मिडिया हालेपछि एक किशोर चर्चामा आए।

आसन्न स्थानीय तह निर्वाचनको सुरक्षाका लागि यतिखेर देशभर म्यादी प्रहरी खटिएका छन्। म्यादी प्रहरीले के गर्लान्? कतै प्रहरी आचारसंहिता र निर्वाचन आचारसंहित विपरीत काम गर्लान् कि? प्रहरीका लागि चासो हुने ने भयो। छोटो समयको तालिमबाट छानिने म्यादी नेपाल प्रहरीको निगरानीमा फिल्डमा खटिने गर्छन्। त्यही क्रममा केही दिनदेखि भाइरल यस भिडियोले धेरैको ध्यान खिचेको थियो।

भिडियोमा म्यादीको पोशाक लगाएका किशोरले आफू म्यादी प्रहरी भएकाले साथी भाइलाई लागु औषध प्रयोग गर्न समेत हैसाएका छन्। 'मनले जे गर्छ त्यही गर...' भन्दै हौसाएका छन् उनले। भिडियो भाइरल भएपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो। प्रहरीको सोधपुछका क्रममा रेग्मी थरका ती किशोर म्यादी प्रहरी नभएको खुलेको छ। अरुकै पोशाक लगाएर उनले भिडियो बनाएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए।

'भिडियो चर्चामा आएपछि खोजी गर्दा किशोर फेला पार्‍यो। उनी म्यादी प्रहरी नभएको खुलेको छ। अरुको नै पोशाक लगाएर भिडियो बनाएका हुन,' एसएसपी केसीले भने।

प्रहरीले सोधपुछ गर्दा उनले म्यादी प्रहरीको पोशाक फुपुका छोराबाट लिएको खुलेको हो। पोशाक खोलेर राखेको समय लिएर भिडियो बनाएको उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell