
काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको तेस्रो खेलमा जिम्बावेले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको हो।
जिम्बावेका लागि रोय काइआले सर्वाधिक ४९ रन बनाउँदा टाडिवानशे मरुमनीले २७ रन बनाए। त्यस्तै लुक जोङ्वी २३ रनमा अविजित रहँदा इनोसेन्टा काइआले १४ रन बनाए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिँदा सोमपाल कामी र बसीर अहमेदले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।