PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

काभ्रेमा दुईवटा सवारी ठोक्किए, पाँच जनाको गयो ज्यान, १८ जना घाइते



पहिलोपोस्ट

काभ्रेमा दुईवटा सवारी ठोक्किए, पाँच जनाको गयो ज्यान, १८ जना घाइते

काठमाडौं : काभ्रेमा मिनीबस र जीप एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

दुई पुरुष, दुई महिला र एक बालकसहित दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए।

रोशी गाउँपालिका ११ मा काठमाडौंबाट भारतीय तीर्थालु बोकेर गएको मिनी बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ झ ४२१० नम्बरको टाटा सुमो एक आपसमा ठोकिएका थिए। मृत्यु हुने सबैजना टाटा सुमोमा यात्रारत रहेको एसपी जोशीले जानकारी दिए।

दुर्घटना परी घाइते भएका अन्य १८ जनाको उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell