PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिर्जना सिंहको योजना : खुल्ला ठाउँमा पार्क, बन्दैन व्यापारिक कम्प्लेक्स



पहिलोपोस्ट

सिर्जना सिंहको योजना : खुल्ला ठाउँमा पार्क, बन्दैन व्यापारिक कम्प्लेक्स

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले खुल्ला ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउन रोक्ने बताएकी छिन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले महानगर प्रमुखमा जिते खुल्ला ठाउँमा पार्क बनाउने र व्यापारिक कम्प्लेक्स बनाउने बताएका हुन्।

‘जेष्ठ नागरिक भवन बन्छ, टोल टोलमा पार्क बन्छ, अब व्यापारिक कम्प्लेक्स बन्दैन’ उनले भनिन्। व्यापारिक भवन बनाउने काम निजी क्षेत्रलाई छाड्ने उनले बताइन्। यस्तै, उनले महानगरवासीमा सबैलाई शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पुर्‍याउनु नै आफ्नो उद्देश्य रहेको बताएकी छिन्।

‘सामुदायिक शिक्षामा सुधार नगरेसम्म देश बन्दैन। महानगरमा सबैले भर्ना गर्न लायक र पढ्न जाउ जाउ बनाउने छौं’ सिंहले भनिन्।

राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको भन्दै उनले अहिलेको नेतृत्वले फोहोर व्यवस्थापन गर्न नसकेको बताइन्।

‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौं। विदेशी आउँदा नाक खुम्च्याउने छैनन।  सम्पदाको संरक्षण गर्ने छौं,’ सिंहले भनिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell