PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

टी २० सिरिज: तेस्रो खेलमा जिम्बावे 'ए' माथि नेपालको सहज जित



पहिलोपोस्ट

टी २० सिरिज: तेस्रो खेलमा जिम्बावे 'ए' माथि नेपालको सहज जित
तस्बीर: क्यान

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको तेस्रो खेलमा नेपालले जिम्बावे 'ए' माथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको जिम्बावेका लागि रोय काइआले सर्वाधिक ४९ रन बनाउँदा टाडिवानशे मरुमनीले २७ रन बनाए। त्यस्तै लुक जोङ्वी २३ रनमा अविजित रहँदा इनोसेन्टा काइआले १४ रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिँदा सोमपाल कामी र बसीर अहमेदले समान १ विकेट लिए।

ब्याटिङमा उत्रिएको नेपालका लागि आशिफ शेखले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ८७ रन जोडे। त्यस्तै कुशल भुर्तेलले ३४ र बसीर अहमेदले १० रन जोडे।

बलिङतर्फ जिम्बावेका लुक जोङ्वी र ब्रान्डोन मभुताले समान १ विकेट लिए।

योसँगै तीन खेलको टी २० सिरिजमा जिम्बावेले १ र नेपालले १ खेल जित्दा एउटा खेल बर्षादका कारण रद्ध भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell