PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

शाहरूख अभिनित फिल्म ‘पठान’को डिजिटल राइट दुई सय करोडमा बिक्री, कसले किन्यो?



पहिलोपोस्ट

शाहरूख अभिनित फिल्म ‘पठान’को डिजिटल राइट दुई सय करोडमा बिक्री, कसले किन्यो?

बलिउड अभिनेता शाहरूख खान फिल्म ‘पठान’लाई लिएर चर्चामा छन्। शाहरूख अभिनित फिल्म ‘पठान’को डिजिटल राइट बिक्री भएको छ।

‘पठान’को डिजिटल राइट दुई सय करोड भारतीय रूपैयाँमा बिक्री गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। आदित्य चोपडाले निर्माण रहेको यस फिल्मको डिजिटल अधिकार अमेजन प्राइमले किनेको हो। तर, निर्माण टिमबाट आधिकारिक पृष्टि भने भएको छैन।

फिल्‍ममा शाहरुखको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण छिन्। दीपिकालाई शाहरुखले ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गराएका थिए। ‘चेन्‍नई एक्‍सप्रेस’ र ‘ह्याप्‍पी न्‍यू इयर’मा पनि दुवैले सहकार्य गरे। त्यसपछि दुवैले ‘पठान’मा एकसाथ काम गरेका हुन्।

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खानको अभिनय रहेको छ। यो फिल्म सन् २०२३ जनवरी २५ मा  हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि शाहरूख पर्दामा देखिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell