PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न कांग्रेसको आग्रह



रासस

भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले पार्टी निकट भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरेको छ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन/महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरुप गर्न कांग्रेसले आग्रह गरेको हो।

साथै, निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न कांग्रेसले भ्रातृ संगठनहरुलाई अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell