PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

अघिल्लो चुनावमा चर्चित बनेकी रञ्जुले यसपालाको चुनाव अघि गरिन् घरजम



पहिलोपोस्ट

अघिल्लो चुनावमा चर्चित बनेकी रञ्जुले यसपालाको चुनाव अघि गरिन् घरजम

काठमाडौं : रञ्जु दर्शनाले आज बिहे गरेकी छिन्। किशु कुइकेलसँग बिवाह बन्धनमा बाँधिएकी रञ्जु गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको प्रत्यासी थिइन्।

अकुपाइ बालुवाटार, नेपाल खुला छ जस्ता अभियानमा जोडिँदै विवेकशील नेपाली दलमा संगठित भएकी रञ्जु अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चित उम्मेदवार बनेकी थिइन्। उनको लोकप्रियता यति राम्रो देखियो कि उनले २३ हजार भन्दा धेरै मत ल्याएकी थिइन्।

विवेकशील र साझा पार्टी एकतापछि पनि राजनीतिमा सक्रिय रहेकी उनी पछि भने सक्रिय राजनीतिबाट टाढा रहेकी थिइन्। पछिल्लो समय उनी निर्वाचनका गतिविधिमा खासै देखिएकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell