PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

बैंकिङ कसुरमा अदालतबाट २४ लाख ५९ हजार जरिबाना ठहर भएका सुवाल पक्राउ



रासस

बैंकिङ कसुरमा अदालतबाट २४ लाख ५९ हजार जरिबाना ठहर भएका सुवाल पक्राउ

काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८२२ जरिबाना भएका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८२२ जरिबाना भएका भक्तपुर नगरपालिका-२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैंकिङ कसुर गरेका थिए।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell