PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विजय सुवेदीलाई रेनुको प्रश्न : सांसद र मन्त्री हुँदा भरतपुरको विकासका लागि के गर्‍यौ ?



पहिलोपोस्ट

विजय सुवेदीलाई रेनुको प्रश्न : सांसद र मन्त्री हुँदा भरतपुरको विकासका लागि के गर्‍यौ ?

चितवन : पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख पदकी उम्म्देवार रेनु दाहालले विपक्षी गठबन्धनका उम्मेदवारलाई भरतपुरमा गरेको काम देखाउन चुनौती दिएकी छिन्।

विपक्षी गठबन्धनबाट भरतपुर महानगर प्रमुखमा विजय सुवेदी उम्मेदवार छन्। वाग्मती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर महानगर प्रमुखको लागि प्रत्यासी बनेका हुन्। उनी केही समय वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री समेत भएका थिए।

सांसद र मन्त्री भएका बेला सुवेदीले भरतपुरको विकासका लागि गरेका योजनाहरु प्रस्तुत गर्न रेनुले चुनौती दिएकी हुन्।  

निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा २९ वडाहरु मध्ये सात वटा वडाहरु समावेश छन्।

‘वडा नम्बर २९, १, २, ७, १०, ११, १२ सुवेदीको निर्वाचन क्षेत्रका वडाहरु हुन्। यी वडामा तपाईँको पहलमा के कति विकास भयो ?’ उनले प्रश्न गरिन्, ‘गुरुयोजना गुरुयोजना भन्नुहुन्छ, खै कहाँ कस्ता गुरुयोजना बनाउनु भयो बितेको चार वर्षमा?’

रेनुले भने आफ्नो कार्यकालमा भरतपुरमा पूर्वाधारको विकास गरेको दाबी गरिन्। महानगरको पहलमा ठुला ठुला गौरवका योजनाहरु कार्यान्वयनको चरणमा रहेको उनले बताइन्। नारायणी र राप्ती नदीमा तटबन्धनका लागि महानगरले गुरुयोजना निर्माण गरी संघिय सरकारलाई पेश गरिसकेको उनले बताइन्।

 ‘हामी काममा विश्वास गर्छौं। गरेर पनि देखाएका छौं। अबको पाँच वर्षमा भरतपुर दक्षिण एसियाको सुन्दर शहर बन्छ,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell