PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल पुर्‍याइएको छ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।

भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मंगलबजार पुर्‍याइनेछ।

गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो।

यसपटक भने रथलाई पुरै नगर परिक्रमा गराएर भोटोजात्रापछि मात्रै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell