PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र कार्मलाई मात्रै देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी शुक्रवार (बैशाख २३) गतेबाट प्रदर्शन हुनेछ।

गीतमा विशेष पाण्डे र विराज गौतमको शब्द तथा कम्पोज रहेको छ। विशेष पाण्डेको म्युजिक एरेन्ज रहेको गीतमा विराज गौतमले स्वर भरेका हुन्। गीतको भिडियोमा अभिनेता कार्मलाई 'मर्डर मिस्ट्री'को अनुसन्धानको क्रममा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मिलन डि काप्री हुन्। उनले ‘षट्कोण’ मार्फत नै निर्देशनमा डेब्यु गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell