PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

भोलि हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा



पहिलोपोस्ट

भोलि हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा

चितवन : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन्। भरतपुरमा बिहीवार सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवन आएका हुन्।

देउवा बुधवार बेलुका बिराटनगरबाट सिधै चितवन आएका हुन्। देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन आइपुगेका छन्।

देउवा र पौडेलसहितको टिमलाई राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय सभाका सदस्य नारायण दाहाल, वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री, घनध्याम दाहाल कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, भरतपुर महानगरकी मेयर पदकी उम्मेदवार रेनु दाहाललगायतले स्वागत गरेका थिए।

केन्द्रीय बस टर्मिनल भरतपुरमा बिहीवार हुने चुनावी सभालाई देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम्ल दाहाल (प्रचण्ड) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell