PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

प्रधानमन्त्री देउवाविरुद्ध आचारसंहिता उल्लङ्घनमा उजुरी



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाविरुद्ध आचारसंहिता उल्लङ्घनमा उजुरी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जिल्ला निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ। आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्रीविरुद्ध उजुरी परेको हो। 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले उजुरी दर्ता भएको बताउँदै निर्वाचन आयोगमा लेखी पठाएको बताए। 
आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार प्रसारमा सहभागी हुन नहुने व्यवस्था विपरीत भरतपुरमा कार्यक्रममा सहभागी हुन लागेको भन्दै उजुरी दर्ता भएको हो।  

भरतपुरमा बिहीबार सत्ता गठबन्धनले चुनावी सभा गर्दैछ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सम्बोधन गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell