PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा



पहिलोपोस्ट

चेन्नइलाई हराउँदै बेङ्ग्लोर शीर्ष चारमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपर किंग्सलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले चेन्नइलाई १३ रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। बेङ्ग्लोरका लागि महीपाल लोमरोरले सर्वाधिक ४२ रन बनाउँदा कप्तान फाफ डुप्लिसिसले ३८ रन बनाए। त्यस्तै बिराट कोहलीले ३०, दिनेश कार्तिकले अविजित २६ तथा रजत पटिडरले २१ रन बनाए।

बलिङतर्फ चेन्नइका महीश टीकशनाले सर्वाधिक ३ विकेट लिँदा मोइन अलीले २ तथा ड्वाइन प्रेटोरिअसले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रनमा समेटियो। चेन्नइका लागि राम्रो सुरुवात दिलाएका ओपनर डेभोन कोन्वेलले ५६ रन बनाउँदा अर्का ओपनार रुतुराज गाइक्वडले २८ रन बनाए। त्यसपछि भने चेन्नइको ब्याटिङ धर्मरायो। त्यसबाहेक मोइन अलीले ३८ रन बनाउँदा अन्य ब्याटसम्यानको प्रदर्शन उल्लेखनीय रहन सकेन।

चेन्नइलाई लक्ष्सम्म पुग्न निदन हर्षल पटेलले सर्वाधिक ३ विकेट लिँदा ग्लेन म्याक्सवेलले २ विकेट लिए। त्यस्तै शहबाज अहमेद, जोस हेजलवुड र वाइन्दु हसरंगा डी सिल्भाले १ विकेट लिए।

जितसँगै बेङ्ग्लोरले ११ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष चारमा उक्लिएको छ भने १० खेलबाट ६ अंक जोडेको चेन्नइ तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell