PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

एकै दिन कैलाली र कञ्चनपुरका ३ चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै ओली



पहिलोपोस्ट

एकै दिन कैलाली र कञ्चनपुरका ३ चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै ओली
फाइल फोटो

कैलाली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउँदै छन्। उनी आज एकै दिन कैलाली र कञ्चनपुरका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेका हुन्।

आज कैलालीको बौनिया र धनगढी तथा कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजना हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिए।

उनका अनुसार ओलीले ११ बजे कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। त्यसपछि १ बजे बेलौरी र दिउसो साढे ३ बजे धनगढी रङ्गशालामा आयोजना हुने सभालाई सम्बोधन गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell