PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

जेठ १ गतेसम्म ‘द भ्वाइस सिजन-४’ को डिजिटल अडिसन



पहिलोपोस्ट

 जेठ १ गतेसम्म ‘द भ्वाइस सिजन-४’ को डिजिटल अडिसन

काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को डिजिटल अडिसन खुला भएको छ। प्रतियोगिहरूले १५ मे अर्थात जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्।

चौथो सिजनको अडिसन खुला गरिएको 'द भ्वाइस अफ नेपाल' को आधारिक फेसबुक पेजमार्फत् जानकारी दिइएको छ। 'भ्वाइस अफ नेपालको चौथो सिजनको तयारी सुरु गर्नु होला। आवेदन खुल्ला भएको छ,' फेसबुकमा लेखिएको छ।

डिजिटल अडिसनमार्फत् डेढ सय जना छनोट गर्ने आयोजकले जनाएको छ। ब्लाइन्ड अडिसनको सुटिङ आगामी दुई महिनामा सुरु हुने समेत बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell