PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रोल्पामा चुनावी सभा सकेर फर्किएका वडाध्यक्षका उम्मेदवार माथि आक्रमण



रासस

रोल्पामा चुनावी सभा सकेर फर्किएका वडाध्यक्षका उम्मेदवार माथि आक्रमण

रोल्पाः रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ। 

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन्। तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो। डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए। घाइते डाँगीलाई उपचारका लागि दाङतर्फ लगिएको छ।

बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ। आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए। झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए।

“अहिले अवस्था सामान्य छ”, उनले भने। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell