PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पोस्टरको दायाँ र बायाँ शेखर र गगन भए पनि जाँदैछैनन् भरतपुरको चुनावी सभामा भाग लिन



पहिलोपोस्ट

पोस्टरको दायाँ र बायाँ शेखर र गगन भए पनि जाँदैछैनन् भरतपुरको चुनावी सभामा भाग लिन

काठमाडौं : चितवनको भरतपुर महानगरमा गठबन्धनले तय गरेको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार नै भरतपुर पुगिसकेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि टोलीमा सहभागी छन्।

आमसभालाई देउवा, पौडेलसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित कांग्रस नेता डा शेखर कोइराला, महामन्त्री गगन थापाले सम्बोधन गर्ने प्रचार थियो। यही पोस्टर गठबन्धनबाट भरतपुर महानगरमा मेयरकी उम्मेदवार रेणु दाहालले प्रचार गरेकी छिन्। भरतपुरको हाकिम चोकमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका भए पनि कांग्रेसका दुई नेता डा शेखर र गगन भने नजाने भएका छन्।

बुधवारमात्र विराटनगरमा भएको आमसभामा सहभागी कांग्रेस नेता डा कोइरालालाई प्रधानमन्त्री देउवाले आज बिहान फोन गरी भरतपुर बोलाएका थिए। तर, कोइरालाले आफू नआउने जवाफ दिए। डा शेखर भरतपुरको सभामा आइनपुग्ने उनको सचिवालयले पुष्टि गरेको छ।

'भरतपुरमा जाने सम्भावना छैन। आज मोरङकै गाउँपालिकामा व्यस्त हुनुहुनेछ,' कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपालियाले भने। 

यता महामन्त्री थापा पनि काठमाडौंमा व्यस्त हुने भएकोले भरतपुर नजाने बताइएको छ।

'आज भरतपुरमा जानुहुन्न। काठमाडौंमै कार्यक्रम छ,' उनको सचिवालयका एक सदस्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell