PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

ताप्लेजुङको एक घरमा आगलागी, १६ लाख बराबरको क्षति भएको अनुमान



रासस

ताप्लेजुङको एक घरमा आगलागी, १६ लाख बराबरको क्षति भएको अनुमान
फाइल फोटो।

फुङ्लिङ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ मा गए राति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुई वटा बङ्गुर जलेर नष्ट भएको बताए। स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठाभाडामा बसेका थिए। उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell