PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

बिक्की थेवेको हत्या गरेर फरार 'मुण्डा' तीन वर्षपछि समातिए



पहिलोपोस्ट

बिक्की थेवेको हत्या गरेर फरार 'मुण्डा' तीन वर्षपछि समातिए
फोटो : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं : बिक्की थेवेको हत्यामा दोषी ठहरिएका 'मुण्डा'लाई प्रहरीले तीन वर्षपछि पक्रेको छ। चक्कु प्रहार गरेर २०७५ मंसिर ८ गते बिक्की थेवेको हत्या गरिएको थियो। उक्त घटनामा अनिल श्रेष्ठ घाइते भएका थिए।

हत्यामा संलग्न महेश परियार र मनिष बानियाँ हत्या भएकै साँझ पक्राउ परेका थिए भने मुण्डा भनिने सरोज सुन्दास फरार थिए।

जिल्ला अदालत काठमाडौंले हत्यामा उनीहरु संलग्न रहेको भन्दै सजाय सुनाएको थियो। पक्राउ परेका दुवैजना केन्द्रीय कारागारमा जेल भुक्तान गरिरहेका छन्। फरार रहेका मुण्डा भने हिजोमात्रै पक्राउ परेका हुन्। उनी यसअघि भारतमा रहँदै आएको र केही महिना यता काठमाडौंको नैकापमा लुकीछिपी बस्दै आएको प्रहरीले जनाएको छ।

सिन्धुली कमलामाई १० का मुण्डा लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनको उमेर २५ वर्षको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell