PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

नेपालका लागि रिक्त राजदूतमा भारतले चीन मामिलाका जानकार श्रीवास्तव पठाउने



पहिलोपोस्ट

नेपालका लागि रिक्त राजदूतमा भारतले चीन मामिलाका जानकार श्रीवास्तव पठाउने
फोटो : वर्ड ट्राभल अनलाइन

काठमाडौं : नेपालका लागि रिक्त रहेको राजदूत पदका लागि भारतले उपसचिव नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको छ। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका श्रीवास्तवलाई भारतको विदेश मन्त्रालयले नेपालको राजदूतका लागि सिफारिस गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुई वर्ष अगाडि लद्दाख क्षेत्रमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप भएपछि चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि महत्त्वपूर्ण भूमिका खेलेका श्रीवास्तवलाई नेपाल-भारतबिचको चिसिएको सम्बन्धलाई अगाडि बढाउने जिम्मेवारीसहित राजदूतमा सिफारिस गरिएको हो।

जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। श्रीवास्तवलाई मोदीको नेपाल भ्रमण अगाडि नै तयारीका लागि नेपाल राजदूतको रुपमा भारतले नेपाल पठाउन लागेको हो।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि राजदूत पद खाली छ। क्वात्राले आइतवार नै भारतको विदेश सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

भारतले श्रीवास्तवको नाममा एग्रिमोको लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ। परराष्ट्र स्रोतका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर एग्रिमो पठाइने छ।

श्रीवास्तव विशेषगरी भारतको विदेश मन्त्रालयको चीन, जापान, दक्षिण तथा उत्तर कोरिया मंगोलिया हेर्ने गरी बनेको पूर्वी एसियाली डिभिजनका प्रमुख हुन्। यसका अलवा उनी सीमा मामिलासम्बन्धि कार्यसंयन्त्रको भारत तर्फबाट नेतृत्व गर्दै आएका थिए।

उनी यसअघि चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूतको रुपमा काम गरिसकेका छन्।

पछिल्लो समय नेपालमा चिनियाँ प्रभाव विस्तार भइरहेको बुझेको भारतले चीन मामिलाका जानकारलाई नेपालको राजदूत बनाएर पठाउन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell