PahiloPost

May 23, 2025 | १० जेठ २०८२

मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु



रासस

मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु
फाइल फोटो।

सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ स्थित राजविराज-तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ।

तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका-१ का ४३ वर्षीय सतिष कुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका-१ का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीत कुमार यादव गम्भीर घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell