PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

भरतपुरमा कांग्रेसले रेनु दाहाललाई जिताउँछ : जितनारायण श्रेष्ठ



पहिलोपोस्ट

भरतपुरमा कांग्रेसले रेनु दाहाललाई जिताउँछ : जितनारायण श्रेष्ठ

चितवन : नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले चितवनमा पाँच दलीय गठबन्धनले जित्ने दाबी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यो सभा कास्टिङमात्र भएको दाबी गरे।

'यो कास्टिङ मात्र हो। भरतपुरमा पाँच दलीय गठबन्धनले जित्छ,’ श्रेष्ठले भने। भरतपुर महानगरमा रेनु दाहाललाई कांग्रेसलाई जिताउने उनले दाबी गरे। ‘कांग्रेस भरतपुरले रेनु दाहाललगायत सिंगो टिमलाई जिताउँछ,’ उनले भने। 

श्रेष्ठले वागी उम्मेदवारलाई मनाउन खोजिए पनि नमानेको उल्लेख गरे। ‘जगन्नाथ पौडेलजीलाई अनुरोध गर्न चाहन्छु। गुनासाहरु हाम्रा पनि थिए। यो पार्टी हो पार्टी। पार्टीको कमान्डरले निर्देशन गर्‍यो। अब सेनापतिले दिएको निर्देशन मान्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell