PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

जगन्नाथजीहरुलाई मनाउन केन्द्रीय नेताहरु चुक्नुभयो : टेकप्रसाद गुरुङ



पहिलोपोस्ट

जगन्नाथजीहरुलाई मनाउन केन्द्रीय नेताहरु चुक्नुभयो : टेकप्रसाद गुरुङ

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुरमा असन्तुष्ट पक्षलाई मनाउन केन्द्रीय नेताहरु चुकेको आरोप लगाएका छन्। भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पहिल्यै छलफलमा राखेर मनाउनुपर्नेमा केन्द्रले त्यस्तो प्रयास नगरेको आरोप लगाएका हुन्।

‘जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजी पनि साथमा हुनुहुन्छ। छलफल हुनुपर्ने हो। १६ गते अघि नै छलफल गर्नुपर्ने हो। १२ गतेभन्दा अघि नै हुनुपर्ने हो,’ गुरुङले भने, ‘बेलैमा हुनुपर्ने हो। यो कुरामा कांग्रेस केन्द्रीय नेताहरु चुक्नुभएको छ। केन्द्रीय नेताहरुले कदम चाल्नुपर्ने देख्छु।’

शुरुमा भरतपुरको मेयर कांग्रेसलाई दिन आफूहरुले लबिङ गरेको उल्लेख गर्दै उनले केन्द्रले अर्कै निर्णय गरेको बताए। उक्त निर्णय कांग्रेसले स्वीकारिसकेको समेत उनको भनाई रह्यो।

‘हामीले भनेकै हो भरतपुरको मेयर कांग्रेसलाई देउ भनेर। पार्टीबाट निर्णय भयो। हामीजस्तो गाउँको कार्यकर्ताले सिपाहीले झैं मान्नुपर्छ। केन्द्रीय निर्णय हामीले स्वीकर्नैपर्छ। स्वीकारिसकियो,’ गुरुङले भने।

गुरुङले गठबन्धनलाई निरन्तरता दिन केन्द्रीय नेताहरुको प्रतिवद्धता आवश्यक रहेको समेत बताए।

‘गठबन्धन निरन्तर जानुपर्‍यो। चुनाव आउँदा पद पाउन गठबन्धन गर्ने। पद पाएपछि भंग गर्ने ! यसले विश्वास गुमाउँछ। गठबन्धनको निरन्तरताको लागि केन्द्रीय नेताजीहरुको प्रतिवद्धता चाहियो,’ उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell