PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अमेरिकाले दिने झन्डै ८० अर्ब रुपैयाँ नयाँ बजेटमा समावेश हुने, केकेमा गर्दैछ नेपालले खर्च?



पहिलोपोस्ट

अमेरिकाले दिने झन्डै ८० अर्ब रुपैयाँ नयाँ बजेटमा समावेश हुने, केकेमा गर्दैछ नेपालले खर्च?
फोटो : रासस

काठमाडौं : अमेरिकाले नेपाललाई दिने भनिएको झन्डै ८० अर्ब रुपैयाँ अनुदान सहयोग पत्रमा हस्ताक्षर भएको छ। युएसएड र अर्थ मन्त्रालय बिच बिहीवार यस विषयमा हस्ताक्षर भएको हो। 

यसअघि पनि युएसएडले नेपालको विकासका लागि अनुदान दिँदै आएकोमा यसपाला रकम थप गरेर उपलब्ध गराउन लागेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट स्वीकृत भएसँगै युएसएड मार्फत् अनुदान थप गर्ने घोषणा अमेरिकाले गरेको थियो। 

युएसएडले ६ सय ५९ मिलियन अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान प्रस्ताव अमेरिकाले गरेको थियो। यस्तो प्रस्तावलाई चैत ३० को मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो।

यो रकम पाँच वर्षको लागि हो। निकै कसरतपछि अनुदान रकम ल्याउन सफल भएको अर्थ मन्त्रालयका सह सचिव ईश्वरीप्रसाद कोइरालाले बताए।

'हाम्रो लामो समयको गृहकार्यपछि अनुदान स्वीकृत भएको छ। यो कार्यक्रम सन् २०२२ देखि २०२७ सम्म लागू हुनेछ,' मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख कोइरालाले भने। यसअघि युएसएडले आफुखुशी खर्च गर्दै आएको रकमको पारदर्शीतामा प्रश्न उठेपछि यस पटक बजेटबाटै खर्च गर्न सकिने बनाइएको छ। 
कोइरालाका अनुसार आगामी वर्षको बजेटमा अनुदानमा उपलब्ध हुने रकमलाई समावेश गरिनेछ। विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका पूर्वाधारमा उक्त रकम खर्च गरिनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell