PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

'जय नेपाल' भन्दै रेनुको चुनावी सभामा सम्बोधन : जे बोल्छौँ त्यो पूरा गर्छौँ, आश्वासनका पोको बाँड्दैनौँ



पहिलोपोस्ट

'जय नेपाल' भन्दै रेनुको चुनावी सभामा सम्बोधन : जे बोल्छौँ त्यो पूरा गर्छौँ, आश्वासनका पोको बाँड्दैनौँ

चितवन : भरतपुर महानगरपालिकाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहालले पाँच वर्ष अगाडि गरेको प्रतिवद्धताहरु पूरा गर्न केही बाँकी रहेको भन्दै ती योजना पूरा गर्न पुन: उम्मेदवार बनेको बताएकी छन्। 

भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले जय नेपालबाट सम्बोधन सुरु गर्दै भनिन्, 'पाँच वर्ष अगाडि यही ठाउँमा उभिएर साझा उम्मेदवारको रुपमा तपाईँहरुसँग गरेका प्रतिवद्धता सम्झिएको छु। ती यो योजनाहरुलाई सम्पन्न गरेर हिजो पूरा गर्ने छु। हामीले योजना अगाडि बढाउँदा कास्टिङ गरिसकेका छौँ। साझा उम्मेदवारको हैसियतबाट यी योजनाहरुलाई पूरा गरेर रोजगारी सृजना गर्दै आर्थिक विकासको केन्द्रको रुपमा भरतपुरलाई विकास गर्ने छौँ।'

उनले विगतमा गरेका प्रतिवद्धता भन्दा माथि उठेर महानगरमा काम गरेको दाबी गरिन्। 

'हामी जे बोल्छौँ त्यो पूरा गर्छौँ। जे गर्छौँ। त्यही बोल्छौँ। हामीले अनावश्यक जनतालाई आश्वासनका ठूला ठूला पोका दिएर आफू केही नगर्ने परिपाटी हाम्रो विगतको कर्मले देखाएको छैन भन्ने ठानेको छु। हामीले जे बोलेका छौँ। त्यो पूरा गरेको छौँ,' उनले भनिन्, 'भरतपुर महानगरको हाम्रो विगतको प्रतिवद्धता पत्रमा जे कुराहरु उल्लेख थिए।  हामीले गरेका प्रतिवद्धता भन्दा धेरै माथि उठेर हामीले भरतपुर महानगरपालिकामा सबैसँग सहकार्य गरेर समृद्ध महानगर बन्ने दिशामा अगाडि बढेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell