PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

बुटवलमा २५ गते हुने एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने



पहिलोपोस्ट

बुटवलमा २५ गते हुने एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

बुटवल : नेकपा (एमाले)ले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ। चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।

रुपन्देही जिल्लास्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुने उनले बताए। एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौँ जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ।

बुटवल-११ देवीनगरस्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए।

एमालेले चुनावी सभाको तयारी सुरु गरिसकेको छ। सबै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम सुरु गरिसकेको बताएका छन्। चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell