PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

रेनुको भनाई सच्याउँदै कांग्रेस नेता शंकर भण्डारी : भरतपुरको हिसाब क्लियर छ, रेनको जित सुनिश्चित



पहिलोपोस्ट

रेनुको भनाई सच्याउँदै कांग्रेस नेता शंकर भण्डारी : भरतपुरको हिसाब क्लियर छ, रेनको जित सुनिश्चित

चितवन : नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भरतपुर महानगरको मेयरमा रेनु दाहालको जित सुनिश्चित भइसकेको दाबी गरेका छन्। पाँच दलीय गठबन्धनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले उक्त भनाई राखेका हुन्।

‘शुरुमै रेनुजीलाई सच्याउन चाहन्छु। हामी जित्यौ भने हैन। आगामी निर्वाचनमा अन्त मैले राम्रो हिसाब गरेको छैन यो भरतपुरमा तपाईको टिमले सुनिश्चित जित छ,’ भण्डारीले भने, ‘तपाईलाई अग्रीम शुभकामना छ।’

गठबन्धनबाट मेयरकी उम्मेदवार रहेको रेनुले आफूले जितेको खण्डमा भरतपुरमा थप विकास गर्ने प्रतिवद्धता जनाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell