
चितवन : नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भरतपुर महानगरको मेयरमा रेनु दाहालको जित सुनिश्चित भइसकेको दाबी गरेका छन्। पाँच दलीय गठबन्धनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले उक्त भनाई राखेका हुन्।
‘शुरुमै रेनुजीलाई सच्याउन चाहन्छु। हामी जित्यौ भने हैन। आगामी निर्वाचनमा अन्त मैले राम्रो हिसाब गरेको छैन यो भरतपुरमा तपाईको टिमले सुनिश्चित जित छ,’ भण्डारीले भने, ‘तपाईलाई अग्रीम शुभकामना छ।’
गठबन्धनबाट मेयरकी उम्मेदवार रहेको रेनुले आफूले जितेको खण्डमा भरतपुरमा थप विकास गर्ने प्रतिवद्धता जनाएकी थिइन्।