PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कांग्रेससँग देश विकासको योजना नभएको ओलीको आरोप : दोहोर्‍याए घोषणापत्रमा आफूलाई गाली मात्र गरेको कुरा



पहिलोपोस्ट

कांग्रेससँग देश विकासको योजना नभएको ओलीको आरोप : दोहोर्‍याए घोषणापत्रमा आफूलाई गाली मात्र गरेको कुरा
फाइल फोटो

कैलाली : नेकपा एमालेका अध्यक्ष केपीले नेपाली कांग्रेससँग एमालेलाई गाली गर्नु बाहेक अरु कुनै योजना नभएको बताएका छन्। 

कैलालीमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका छन्।

'कांग्रेसको घोषणापत्रमा आफ्नै सभापतिको नाम ८ वटा ठाउँमा छ। जम्मा जम्मी ८ ठाउँमा। एमाले अध्यक्षको नाम ४२ ठाउँमा राखेर गाली गरेको छ,' उनले भने, 'यसैबाट थाहा हुन्छ। कांग्रेससँग हामीलाई गाली गर्नुबाहेक कुनै योजना छैन। कार्यक्रम छैन। नीति छैन। उद्देश्य छैन। केही पनि छैन। उहाँहरुको काम हामीलाई गाली गर्नु हो।'

उनले नेकपा एमाले अरुलाई गाली गर्ने कम्पिटिसनमा नभएको भन्दै एमाले देश बनाउने कम्पटिसनमा रहेको दाबी गरे। 

उनले एमाले सबै जातिलाई मिलाएर देश विकास गर्न चाहेको दाबी गर्दै ओलीले अरु दलले जाति जातिका बिचमा लडाइ लडाउन चाहेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell