PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘मिस युनिभर्स नेपाल २०२२’को लागि असार १६ गतेसम्म आवेदन खुला



पहिलोपोस्ट

‘मिस युनिभर्स नेपाल २०२२’को लागि असार १६ गतेसम्म आवेदन खुला

काठमाडौं : नेपालको सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल २०२२'को घोषणा भएको छ। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमबिच मिस युनिभर्स नेपालको तेस्रो संस्करणको घोषणासँगै आवेदन खुला गरिएको छ।

उमङ्ग क्रिएशन प्रालिद्वारा आयोजित यस प्रतियोगिताको आवेदन खुला गरिएको मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन्। महिलाहरूमा भएको क्षमता र खुबीलाई विश्वमाझ चिनाउन मिस युनिभर्स नेपाल बलियो प्ल्यार्टफर्म भएको उमङ्ग क्रिएशनका निर्देशक उद्धव अधिकारीले बताए।

प्रतियोगितामा सहभागी हुन जुन ३० अर्थात असार १६ गतेसम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। प्रतियोगितामा उचाई र तौलको मापदण्ड राखिएको छैन। गैरआवासिय नेपाली र समलैङ्गिक महिलाहरूले पनि यसमा सहभागी हुन पाउनेछन्। १८ वर्षदेखि २८ वर्षसम्मका युवतीहरूले प्रतियोगितामा सहभागी हुन पाउने नियम छ।

सन् २०२१ की मिस युनिभर्स नेपालकी विजेता सुजिता बस्नेतले यस प्रतियोगिताले आफ्नो जीवनमा निकै परिवर्तन ल्याएको सुनाइन्।

'मिस युनिभर्स भएसँगै मेरो जीवनमा निकै परिवर्तन आएको छ। मिस युनिभर्स ब्युटी पेजेन्ट मात्रै होइन यो नेतृत्व गर्न सिकाउने प्लेटफर्म पनि हो। यसले शारीरिक सुन्दता मात्रै नहेरी हामीमा रहेको क्षमता र आत्मविश्वासलाई जोड दिन्छ,' बस्नेतले भनिन्।

मिस युनिभर्स नेपाल तेस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरेको छ। असार २४ गते क्वाटर फाइनलिस्ट र साउन १७ गते सेमिफाइनलिस्ट छानिनेछन्। साउन २३ देखि १० दिनसम्म क्लोज क्याम्प हुनेछ। प्रतियोगिताको फिनाले भने भदौ ३ गते हुने बताइएको छ।

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा उमङ्ग क्रिएशन प्रालिले भित्र्याएको हो। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्मा श्रेष्ठले गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell