PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन : केपी ओली



पहिलोपोस्ट

रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन : केपी ओली

कैलाली : नेकपा एमालेका अध्यक्ष केही शर्मा ओलीले टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीका विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन्। एमालेको चुनावी सभालाई सम्बोधन गर्न कैलालीको बर्दगोरीया गाउँपालिका स्थित बौनिया पुगेका ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

तीन वटा चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आइपुगेका ओलीले सभामा भने, ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन्। अनेकौँ हजार मान्छे मरे जेलमा हुनुपरेन, यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर अर्को मान्छेलाई जेल हालिएको छ। रेशम चौधरी त्यति बेला यहाँ थिए। उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन।’

टीकापुर घटनाका समयमा रेशम चौधरी कैलाली बाहिर भए पनि उनको योजनामा घटना घटेकोले मुख्य योजनाकारका रूपमा कैलाली जिल्ला अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो। उक्त घटनाका क्रममा रेशम चौधरी र टीकापुरमा रहेका अन्य थारु नेताहरूसँग पटक पटक फोन सम्पर्क भएको फैसलामा उल्लेख छ। तर ओलीले रेशम चौधरीलाई इंगित गर्दै यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाइएको दाबी गरेका हुन्।

उनले भने, ‘मैले थारु समुदायका नेताहरूसँग ६ बुँदे सम्झौता गरेर ती समस्याको समाधान गरौँला भनेको थिएँ। तर, सरकार गयो। अहिलेको सरकारले १० महिनासम्म ती कुनै समस्या समाधानको पहल गरेको छैन। हामीले थारु कल्याणकारीलाई बोलाएर तपाईँहरूका समस्या समाधान गछौँ भनेका थियौँ। हाम्रो गृह मन्त्री उहाँहरू अनसन बसेकै ठाउँमा गएर समस्या समाधानको पहल गरेका थियौँ।’

उनले त्यहाँका मतदाताहरुलाई यस्तै समस्याको समाधानका लागि मत दिन आग्रह पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell