PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुनौलो रंगको कछुवा बिक्री गर्न २० लाखको ‘डिल’, चावहिलबाट एक जना समातिए



पहिलोपोस्ट

सुनौलो रंगको कछुवा बिक्री गर्न २० लाखको ‘डिल’, चावहिलबाट एक जना समातिए
फोटो : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको फेसबुकबाटl

काठमाडौं : सुनौलो रंगको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-८ स्थायी ठेगाना भई हाल शंखरापुरको साखु बस्ने २३ वर्षीय आशिष थापा घर्ती रहेका छन्।

प्रहरीले घर्तीलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट पक्राउ गरेको हो। दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवा अवैध रुपमा २० लाख रुपैयाँमा कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गेष्ठ हाउसको कोठामा खोजतलास गर्ने क्रममा प्रहरीले घर्तीको साथमा रहेको कालो झोलाभित्र सुनौलो रंगको कछुवा १ थान फेला पारेको हो। प्रहरीले उनको साथबाट १ थान मोबाइल पनि बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell