PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

सिर्जनाको पक्षमा खुले गोरखाका नेताहरु, बाबुरामले भने  : केशव स्थापित ´डेट एक्सपाएर` औषधि



पहिलोपोस्ट

सिर्जनाको पक्षमा खुले गोरखाका नेताहरु, बाबुरामले भने  : केशव स्थापित ´डेट एक्सपाएर` औषधि

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख उम्मेदवार सिर्जना सिंहको पक्षमा गोरखाका नेताहरु खुलेका छन्।

गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सिर्जनाको पक्षमा बोलेका हुन्।  

सिंहको जित सुनिश्चि भएको भन्दै भट्टराईले सिर्जना आफ्नै बलबुतामा राजनीतिमा आएको बताए। उनले नेकपा एमालेबाट महानगर प्रमुखका उम्मेदवार केशव स्थापित ‘डेट एक्सपायर औषधि’ रहेको भन्दै काठमाडौं बनाउनै नसक्ने दाबी गरे। आफू प्रधानमन्त्री हुँदा स्थापितलाई उपत्यका विकास प्राधिकरणमा लगेको तर त्यहाँ काम गर्न नसकेपछि उनलाई निकालेको समेत स्मरण गरे।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जनाको विजय निर्विवाद भएको दाबी गरे। काठमाडौंमा पहिलोपटक महिला मेयर आउने निश्चत भएको उनको भनाइ थियो।

कार्यक्रममा सिर्जना सिंहले माइती जिल्ला गोखाबाटै राजनीति यात्रा सुरु गरेको उल्लेख गर्दै काठमाडौं महानगरको मेयर बने शहरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने वाचा गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell